"राम्रेा जिबन हाम्रेा"

      कबिता
जुन हेर्येा जुनै राम्रेा, चाँडनीकेा रासले
फुल हेर्येा फुलै राम्रेा, सुगन्धकेा वासले।
कबि, रुपलाल बिश्वकर्मा
घाम हेर्यो घामै राम्रो, इन्द्रेणीको धुपले
मायालुलाई हेर्दा लट्ठै, यौवनको रुपले।।

नदी हेर्यो नदी राम्रो, अटुट बग्ने गतिले
जिबन हेर्यो त्यसै राम्रो, चोखो प्रेम रतिले
धर्ति हेर्यो धर्ति राम्रो, प्रकृतिको संगमले
मनुष्यको चोला राम्रो-प्रेम सद्भाब बन्धनले।।

सागर हेर्यो सागर राम्रो, ज्वारभाटा छालाले
अती सुन्दर देखे प्रिर्य, सिन्दुर-पोते मालाले।
मन्दिर हेर्यो मन्दिर राम्रो, श्रद्धा भक्ति भावले
"सफल जुनी नबनाउँ, बिष्मय द्वोश इर्ष्या रागले"।।

खोजी हेरौं दर्शन राम्रो, नैतिक शुद्धि-बुद्धिको 
ज्ञ्यानको भण्डार असिम, बिचित्र बिज्ञ्यानको।
आफु भन्दा माथिल्लो, हेर्दा हुन्छ मनै भरंग 
तल्लो लेबलले हेर्दा नै, ल्याउला खुशीको तरंग।।

मनमा शेखी नराख, ओइलाई जानु पर्छनी !
आफु कस्तो भन्ने कुरा, अरुले भन्नु पर्छनी।
अहमपन र घमण्डले, आफैलाई नै पोल्ने हो 
ममता र भातृत्तवले नै, स्रिष्टीको ढोका खोल्ने हो।।

तिमीलाइ हेर्यो साह्रै राम्री, मैले हेर्ने छायाँलाई
के भनौ र खै ! गुदी कुरा, छाडी जाने मायाँलाई।।
जुनै हेर्यो जुनै राम्रो, चाँडनीको रासले
फुल हेर्यो फुलै राम्रो, सुगन्धको वासले..।।

              -दमौली, तनहुँ