गजल
आफ्नो जस्तै अरुको नि मन रुन्छ भन्ने कुरा।
तिमीले नै भन्थ्यौ होइन! सम्झाउँदै सधैँ मलाई
मायाँ जस्तै चोखो अरु कुन'छ भन्ने कुरा।
अन्धा बनी विश्वास गर्न बिर्सियौकी तिमीले
पर्दा पछी आफ्नाले नै जाल बुन्छ भन्ने कुरा।
घाम डुब्दा अँध्यारोमा एक्लै हिड्न हिड्न डरायैाकी
थाहा हुने पर्ने थियेा रातमा जुन छ भन्ने कुरा।
सोचेनौकी त्यो बेला के के हुन्छ भन्ने कुरा
आफ्नै जस्तो अरुको नि मन रुन्छ भन्ने कुरा।।