पिरतीकेा घर कृती समिक्षा- जीतमान राइ 'सबिन'

समिक्छ्यक, जीतमान राई 'सब
कृती: पिरतीको घर (उपन्यास)
उपन्यासकार : गनिन्द्र 'बिबस' सुब्बा
समिक्षक : जीतमान राइ 'सबिन'


पिरतीको घर मेरो हात पर्यो कुनै मध्यम बाट एउटा गरुहंगो जिम्मे
वारी सहित त्यो मेरो समिक्ष्या लेखि दिने तर, लामो समय सम्म
कलम समाउन सकिन तिन पटक पढी सिध्याएँ अहँ.. आँट आउनै
सकिन । आज बल्ल मनमा लागेका कुराहरु यहाँ प्रस्तुत गरेको छु।
आशा छ समिक्षा नभए पनि एउटा सानो तिपोटको रुपमा ग्रहणको
गर्नु हुनेछ।

प्रबासिभुमी  मलेशियामा कार्यरत एक नब प्रतिभाशाली श्रष्टा गनिन्द्र
'बिबस' सुब्बाको अपन्यासिक 'पिरतीको घर' भित्र छु। प्रबासमा रगत र
पसिनाको मसि बनाएर सुन्दर सृजना कोर्न खप्पिस मध्यको एक होनहार
कलमबाज हुन् बिबस।

पिरती अनि घर यि दुवै शब्द बास्तबमा हामी मानब जिबनको अपरिहार्य तत्वोहरु हुन्।
पिरती बिनाको घर र घर बिनाको पिरतीको यो संसारमा कल्पना गर्न सकिन्न। त्यसैले
म भन्छु श्रष्टा गनिन्द्र बिबसको कृति पिरतीको घर हाम्रो जिबन बोक्ने कृती हो। अझ
भानु जिबन भोगाइको मिठो उपहार हो।

श्रमिक जिबनको कठोर चौघेरा भित्रबाट सिर्जित यो कृति आफैमा आफै चुनौती पूर्णकार्य हो।
सिमित समय, कठोर श्रम, एबं कुनै प्रतिकुल बातावरणको कुनै प्रभाह नगरी एउटा कृति
उपन्यास लेख्न भ्याउनु भएको छ गनिन्द्र 'बिबस' सुब्बाले के यो एउटा आरोहीले हिमालको
सफल आरोहण गर्नु जत्तिकै हैन र ?

'पिरतीको घर' उपन्यास,

बिभिन्न समय परिबेस र पात्रको सही चित्रन गरेर तयार
यस कसतीमा एउटा गाउँले भित्र रमाइ रहेका युबाहरु देशको
बेरेाजगारी समस्याले कसरी गाँजेको छ र ? बिदेशमा रेाजगारी
गर्दा के कस्तेा समस्या र चुनैातीहरु संग जुध्नुपर्छ भन्ने कुराको
एउटा मिठेा सन्देश प्रबाह गरेको छ।

एउटा कलिलो उमेरको श्रष्टाले यती धेरै परिबेश र स्थान बिषेशकेा ज्ञ्यान राख्नु र सही
चित्रन गर्न सक्नु लेखकको सफल पक्ष हुन् । नितान्त गाउँले लोक शब्दको उचित प्रयोगले
कृतिमा सुगन्ध थप्ने कम गरेको छ। 

गाउँमा ध्यान नाँचेको कुरा बिहे भोज मेला एबं यस्तै रमाइलो जमघटमा सोल्टी-सोल्टिनी
कसले जित्ने भन्दै फालाम र दोहोरी बाजी खेल्ने ति क्षेणहरु हामीले भोगेको यथागर्थ हैनन्।
र अझै भनौ तिनै रमाइलो भेटमा हात समाएर धन नाँच्दा नाँच्दै पिरतीको घर बसाउनेहरु
हामी हैनौ र तसर्थ बिबसको पिरतीको घर एउटा बास्तविक धरातलमा उभिएको नेपाली
समाजको सहि प्रतिबिम्ब हो भन्न सकिन्छ। जसमा नेपाली गाउँले जिबनको कथाव्यथाहरु
दुरुस्त रुपमा देख्न सकिन्छ। 

सबैको पिरतिको सुन्दर घर बनेर टुंगिदैन। कती पिरतीकाहरु अक्कर भिर भएर टुङ्गीन्छन्
त कतिको आँशु बनेर बगेर सिढ्ढीन्छ। तर,यस कृतिमा धेरै दु:ख कष्ट रहे पनी अन्त्यमा
सुख पात्रहरुको सुखद मेल रहेको छ। यस्ले पनी आजको सस्ता प्रेममा रम्ने युबा युबतीलाइ
राम्रेा दिन सक्छ भन्ने ठहर गरीको छ। पिरती अर्थात प्रेम भनैाँ मायाँ भनेको जस्तेा सुकै
परिपरिस्थितीमा बिचलित नभै अटुट बिस्वासमा बाँधिएर अगाडी बढ्न सक्नु पर्छ अनी
मात्र सबैको पिरतीको सुन्दर घर बन्न सक्छ। येा उपन्यासको मुख्य सन्देश नै
यही हेा।
अन्त्यमा कृतीमा केही कमी कमजेारीहरु पनी खट्टिएका छन्। भाषागत रुपमा बिचमा
अंग्रेजी शब्द प्रयेागले पनी केही असहज देखीएको छ। साथै कती पए ठाउँमा अर्थको
हिसाबले पनी अष्पष्टता भएको छ। ती साना त्रुतीहरुलाइ पन्छ्याउँने हेा भने कृती एउटा
सुन्दर फुल जस्तेा सुन्दर मात्र हैन सिंगारीएको सिङ्गेा बगैचा जतिकै राम्रेा छ। 

आशा गरैाँ बगैचाको मालीले फेरी सुन्दर फुल फुलाउलान् की ? डायस्पेारा साहित्यमा
साधानारत श्ष्टा गनिन्द्र 'बिबस' लिम्बु जी लाइ यही लेख मार्फत सफलताको लाख-लाख
शुभकामना !