गजल-
आइतबार आँखा जुधे लाग्यौ मलाई परी तिमी
सोमबार सम्म झझल्कोमा आयो दिनभरी तिमी।
![]() |
भिम कुँवर (रमेश गोठालो) |
मंगलबार मन्दिर गए भवन संग तिमीलाई माग्न
भै सकेछ्यौ तिमी म नपुग्दै पहिलो पुजा गरी तिमी।
बुधबार बुझ्न कोजे, कस्की छोरी होली भनी
बोल्न खोज्दा तर्की गयौ मलाई आँखा तरी तिमी।
बिहिबार विचार गरें कहाँ जाउँ कसलाई सोध्न
बोल्दिनौ खै आफै हौकी लाटी कठैबरी तिमी।
सुक्रबार सुते पछी सपनीमा भेट हुँदा हाम्रो
सिन्दुर पोते गहनाले लाग्थ्यौ बेहोली सरी तिमी।
शनिबार समाप्त भो तिमीलाई पाउने आशा मेरो
अन्तै गुँड सरि गयौ नाम न थर कि चरी तिमी।।
तप्पेस्वोरी- ८ उदयपुर, सगरमाथा, नेपाल
हाल : मलेशिया