गजल
जति नजिक सम्झे पनि, टाढा रै'छ मायाँ
मनको चाह बढ्दा पनी, टाढा रै'छ मायाँ।
![]() | |||
रुपलाल बिश्वकर्मा |
साँचो मायाँ झुटो भएर, टाढा रै'छ मायाँ।
लेखा जोखा मनै मनले गर्दा पनी यहाँ
मनको भावना नबुझि , टाढा रै'छ मायाँ।
बोलाउन लाई साइनो लाएँ पिरती संग
अन्तरदृष्टि आफ्नो पनी, टाढा रै'छ मायाँ
बिष मार्ने ओखती पनि तितो हुन्छ खाँदा
आफ्नै रति मतिले गर्दा, टाढा रै'छ मायाँ।
-दमौली, तनहुँ नेपाल
हाल: युएई, दुबई