गजल-मन दुखाइ परदेशमा छु..

दशैं आयो गाउँघरमा, मन दुखाइ परदेशमा छु
हाँस्दै छन संगिनीहरु, शिर झुकाई परदेशमा छु।

दिपेन रोका 'रिमिक्स'
कुटे होलान सालको दुना छरी उम्रेको जमरामा 
आज म  दशैंकेा बेला खुसी, लुकाइ परदेशमा छु।

भेटघाट हेालान  आफन्त सबै लाउन टिका जमरा 
अभागी म पराइ भो दसैं आँशु, सुकाइ परदेशमा छु।

खुसी होलान देबी देवता दसैं आएर गाउँघरमा 
आउँदा दसैँ आज यहाँ आँशु, फुकाई परदेशमा छु।

फर्केर आउनु रमाइलो दसैं म आउँदा स्वदेशमा
खुसीको पोको पारेर मनलाई, बोकाई परदेशमा छु।।
                        -भिमगिठे -६ बाग्लुङ
                          हाल: मलेसिया