छायेा लाली जेाबन..
बोलाउँ जस्तो लाग्यो मलाई, सुसेलीको भाकामा
लडीबुडी खेल्यौ कि त, न्यानो तिम्रो काखमा।
![]() |
रुपलाल बिशोकर्मा (रुप अनुरागी) |
तर्कीएर कती हिँड्छौ, यी बैशालु आँखामा
जोडी हेर्यौ नाता हाम्रो, पिरतीको खातामा।
तिर्सना त बद्धो रै'छ, मनको चाहा भेट्टाउन
लुकाई दिउँ की छाती भित्र, भोग-तिर्खा मेटाउन।
एक पटक आउने सबैलाई, घोर्ले लाली जोबन
सुहाँउदो जोडी मत्रमुग्ध चल्छ, कती गरुँ बयान।
सजिब आत्मा साक्षी छ, निर्जीव ढुंगा देवता
हजारौंमा पाएँ मैले परी, तिमी नै मेरी एउटा।
धकमक्क फुल फुल्दा, मगमग बास चल्ने कती
रोपौं की त प्रीतको फुल, यो सृष्टी जगाउन रती।।
-दमौली, तनहुँ