गजल
![]() |
रुपलाल बिश्वकर्मा 'रुप अनुरागी' |
बोलाए नी तर्की हिँड्यैा, अर्कैको भैसकेँ अहिले।
भुलायैा मलाइ पहिला, धेरै मिठा बातहरु गर्दै
झुट्ठा ती कसमहरु पोख्यौ, थन्क्याईसकें अहिले।
मेरो त्यो चोखो प्रेममा, जाल पो गर्न खोज्यौ
बाजी मर्न भए पनी, भित्र्याइसकेँ अहिले।
तिमी नाँच्ने आँगनीमा, आज उनी नाँच्दै छिन
तिम्रो त्यो हाँसोलाई उनी सँग, साटिसकेँ अहिले।
चुरीफुरी देखाउँदै तिमीले, घुर्की धेरै लगायौ
तिम्रो लागी मेरो ढोका बन्द, गरिसकें अहिले।।
-दमौली, तनहुँ
हाल: यु ए ई, दुबई