गजल
जसो तसो खोले सिस्नो, खाई दशैं मान्नु प्यारी
जस्तो जे छ लुगा फाटा, लाई दशैं मान्नु प्यारी।
देखा सेखी गरी मास्नु हुन्न चाड आफ्नो सस्कार
मालश्रीको मिठो धुन, गाई दशैं मान्नु प्यारी।
रिती हाम्रो अमुल्य छ बिदेसिको सिको गरौँ
![]() |
राम कार्की 'चन्चल' |
थाली बोकी मन्दीरमा, धाई दशैं मान्नु प्यारी।
रिस राग मन बाट छाड्नु अब आफु आफु
सारा दु:ख बिर्सिएर, रमाई दशैं मान्नु प्यारी।
राम्रो माग्लान राम्रो खोज्लान साना-साना अबोधले
राम्रो मुखले सम्झाएर, रिझाई दशैं मान्नु प्यारी।
इटहरी-५ सुनसरी
हाल: कतार