निष्ठुरीले रुवाइ दियैा
गुलाब सम्झी टिप्न खोजें, काँडा बनि बिझाइ दियौ
बिश्वास गरी हाँस्न खोजें, आँशुको भेलमा दुबाई दियौ।
![]() |
रूपलाल बिश्वकर्मा |
निर्दोष आत्मा रुवाएर भन, कस्तो बदला लियौ।
खेलौना ठान्यौ मेरो मायाँ बन्यो सबको हाँसो
देखाई हाल्यौ कलीको रुप, भयो गलाको पासो।
हाँसोको मूल्य भुलेर आँशुको मूल्य थाहाँ पाएँ
जिबनमा चोट र नोट नचिन्दा, आज मैले दुख पाएँ।
गुलाब भनि टिप्न खोजें काँडा बनि बिझाइ दियौ
बिश्वास गरि हाँस्न खोजें, आँशुको भेलमा दुबाई दियौ।।
- दमौली, तनहुँ नेपाल
हाल: युएई, दुबई