नेपाली साहित्य जगतमा, नयाँ नयाँ गजल श्रष्टाहरुकेा लागी

रुबेन पुन मगर/ललिजन रावल


नेपाली गजल श्रष्टाहरुले गजललाइ ब्यापक रुपमा आत्मसाथ गरेको डेढ
दशक हुन् लागेको छ। यस समयावधी नयाँ-भन्दा नयाँ र स्थापित गजल
श्रष्टाहरुले गजल संरचनाको आधारभूत तत्वोलाई प्रयोगमा ल्याई रहेका
छन्। सुरुमा प्रेम-प्रणय श्रृङ्गारको भाबभुमी बाट आफ्नो पहिचान बनाएको
यो विधा समय र सामाजीक संगै परिबर्तन संगै परिबर्तित हुँदै आयो र यस
ले प्रेम मात्र होइन, जीवनका सबै पाटाहरुमा उत्घाटन गर्दै आयो। यसरि गज
लले दु;ख पीडाहरु देखि लिएर सामाजिक परिबर्तन र क्रान्तिकारी भाबहरु
को अभिव्यक्ति दिन थाल्यो। गजल बाट आएको परिबर्तनले भाब-भूमि
बाट व्यापक परिबर्तन ल्यायो तर, गजलको रुप-भुमी  अर्थात् संरचनात्मक
पद्द्त्ती भने गम्भीर रुपमा भई नै रही रह्यो।  किन भने काफिया बिनाको 
गजल नै हुँदैन र  लय बिनाको गजल कल्पना नै गर्न सकिंदैन। गजल संर
-चनाका आधारभूत तत्वोहरुको निर्वाह बिना त्यो रचना अरु कुनै विधा
बन्ला तर गजल हुन सक्दैन। नेपाली साहित्यमा लोक प्रियताको शिखर
चद्धै गरेको बेलामा प्रसस्त सम्भावना बोकेका नयाँ नयाँ गजलकारहरुको
उदय भैरहेको छ।