मैले नयाँ नेपाल भेट्टाएँ

अनलाइन साहित्यका निएमित पाठक कबि, रुपलाल बिश्वकर्मा
हतार गरि मायाँ लाएँ 
हतार गरि मायाँ लाएँ 
उल्टो धोका पाएँ 
राम्री देखे नजर लाएँ 
धारे हातको दर्शनको पाएँ।।

तिर्खा भेट्न खोलि धाएँ 
सुख्खा बगर पाएँ 
रोजगारीको सपना बोकी 
आयोग र बजार धाएँ।

नाताबाद र कृपाबाद 
चाकडी र फरियाबाद
बादैबादको सुत्र भेताएँ
त्यही सुत्रबाट आफुलाई
घायल अपबाद बनाएँ। 

बेरोजगारको रोटी खाँदै
घर खेत बन्दक राख्दै 
भौतारिन्दै मेनपवारको
ढकढक्याएँ।
नोटको उपहार टक्र्याएर
म आज परदेशी  भएँ।
त्यही बेला सर्तिफिकेतको 
उपयोगिता मैले पाएँ। 

गाउँलाई दुच्छर संझेर
मैले शहर धाएँ
धुलो दुवाँ महंगीले 
उकुसमुकुस अत्तालिएँ।

ठुला ठुला महल हेर्दा
गगन चुम्बी घर
मानबता हरायेा कहाँ
स्वार्थ र अर्थको डर।

दर्शन गर्न मन्दिर गएँ
लैला मजनु भेट्टाएँ
पुजारी भनी ढोग गरें 
कलियुगको कृष्ण पो भेट्टाएँ।

मुर्तिलाइ सांक्षी राखी
आत्मा चोखो बनाएँ 
अधर्मले आशन जमायो 
मनमा मेरो भगवान पाएँ।

यस्तै अन्यकौ विरक्तिले
वाक्क दिक्क बनि 
फर्केरचाल पाएँ 
नयाँ नेपाल आएँ।
रंगीबिरंगी नयाँ नेपालमा
आफुलाई अपबाद बनाएँ,
सोंच्दा सोँच्दै कति 
खेर भुसुक्कै निदाएँ।।

    - दनौली, तनहुँ नेपाल 
      हाल: दुबई