गजल
तिमी थियौ म थिएँ, जुन साक्षी थियो
मेरो नासो सिउँदोमा, खुन साक्षी थियो।
पुर्णीमाको रातमा, तारा खस्दा खेरी
सारा संसार भुलेर, अंगालोमा हुँदा
मुटु भित्र गुन्जेको, धुन साक्षी थियो।
चोखो मायाँ पिरती, छुट्ने छैन भन्दैं
ढुंगा भारी कोरेको, चुन साक्षी थियो।
एक्लै हुँदा साहारा, दिएँ जिबन काट्न
आँशु झर्दा पुछेको, गुण साक्षी थियो।।
-इटहरी-५ सुनसरी
हाल: कतार
हाल: कतार