गजल
के छ र आश बनेर दस पराइ ठावैँमा
बसे है आउनेछु म फर्किएर गावैँमा।
बन्धक पारि त्यो घर बारी साहुको नावैँमा।
पुग्छ नी खान रोपे त धान त्यो आफ्नै खेतमा
बस्दीन बाबा डुबेर अब ब्याज र सावैँमा।
जिन्दगी छोटो र कर्म खोटो रहेछ नी हाम्रो त
रुनु न हाँस्नु कसरी बाँच्नु नुन छर्दै घावैँमा।
यो थारो सुख न भाकै ढुक्क गाउँमै स्वर्ग छ
मार्दिन आश हर्दीन जिबन जुवाको दावैँमा।।
- तप्पेस्वरी-८ उदयपुर,
सगरमाथा, नेपाल
हाल: मलेशिया