अधुरेा मायाँ बल्झिन्छ किन ?
दुख्छ मुटु किन त्यसै, बाहीर हेर्दा केहि छैन
कस्तो रोग लाग्या होला, घाउ केही देखिंदैन।
![]() |
रुपलाल बिश्वकर्मा 'रुप अनुरागी' |
बिँर्सु तिमीलाई भन्दा पनी, घुम्छ्यौ वरिपरी
कस्तो प्रीत जोड्यौ तिम्ले, दुख्ने घरी घरी।
सन्जोकको मिलन हाम्रो, दोबाटोमा भेटेको
भुल्न गाह्रो हुँदो रै'छ, चोखो आत्मा साटेको।
नदी तर्न खोज्दा हाम्लाई, हत्याईदियो छालले
दुइ किनारमा अल्झाई दियो, नियतीको जालले।
न तिमी टाढा भयौ, न तिम्रो नजीक भएँ
निर्दोषका आँखा, पराई ठानी टोलाईरहें।
भनुँ भने कता भनु, ठाउँ कतै भेटिँदैन
प्यास लागी पानी पिउँदा पनी, तिर्खा मेटिँदैन।
दुख्छ मुटु त्यसै किन, बाहिर हेर्दा केही छैन
कस्तो रोग लाग्या होला, घाउ कतै देखिँदैन।।
-दमौली, तनहुँ
हाल: युएई, दुबई