गजल
![]() |
नबराज बुढा 'नबिन उदासी' |
परेलीमा आँशु, सुकाएर रोयौ होला
चर्कीन्दा मन, दुखाएर रोयौ होला।
बाँधी बन्धनमा, बिबसतामा फेरी
प्रेमको डोरी, फुकाएर रोयौ होला।
पछ्याउँदा मलाइ, अरु नर-नारीले
हृदयमा मलाइ, लुकाएर रोयौ होला।
क्षितिजमा एक्लै, कल्पन्छु म धेरै
फोटो हेरी शिर, झुकाएर रोयौ होला।
यस्तै जमाना एउटा रुँदा अरु हाँस्छ
एक्लै रुँदै मन, बुझाएर रोयौ होला।।
- अनलाइन साहित्यिक
ब्लग, मलेशिया