घर देश जस्तै परदेशमा पनी गजलको माहेाल..

सम्पादकिय
हाम्रो कलम......

नेपाली साहित्य जगतमा आज/भोलि नेपाली गजलको निकै माहोल बढेको छ। कविता देखि लिएर अन्य विधाहरु भन्दा गजलमा सबैको चासो बढेको करिब एक दशक जती भएको छ। यो एक दशको समयाबधीमा नेपाली साहित्यमा आज धेरै-धेरै नयाँ गजलकारहरुको जन्म भइरहेको छ। यो भनेको एकदमै खुशीको कुरा हो। नेपाली साहित्यलाई मायाँ गर्नु, नेपाली कला साहित्यको उत्थान र जगेर्ना गर्नु सबैको दायित्व छ।

 नेपाली गजल घरदेशमा मात्र होइन, परदेशका बिभिन्न ठाउँमा पनी गजलको उतीकै चर्चाको चुली चुमेकेा छ। हामीले घरदेश र परदेशमा लेखीने गजलमा के भिन्नता पाउँछैा त ? भन्नु पर्दा फरक यत्ती मात्र हेा। घरदेशमा लेखीने गजलमा यती हर्ष खुसी र उल्लास छ, अर्को कुरा भन्नु पर्दा हाम्रेा नेपाल देश अलिक गरिबी पन छ। र यस्तै आफनै देशमा बारम्बार भैरहने हत्या हिंसा र बिभिन्न राजनितिक कुराहरु देखी लिएर नेताहरुको कुराहरुलाई र पाती पौवा, मेलापात, गाउँघरका सम्झ्नाना आदिलाई घच्घच्याएर दु:ख सुख आइरहने पललाई एउटा सिंगो राष्टको बारेमा हामीले गजल शिर्जना गरेकोछौं जस्तो हामीलाई लाग्छ। अझ भन्नु पर्दा नेपाल  गरिब छ। यही गरिबी पनलाइ हटाउन पनि हामीले गजलमा भावहरु लेख्छौं।

परदेशको बारेमा भन्नु पर्दा नेपाल भन्दा अलिक न्यास्रो पन छ। त्यो न्यार्सो पन के हो त भन्नु पर्दा आफ्नो देशमा नरहँदाको पिडा, आफ्नै साथी भाई, दिदिबहिनिहरुबाट टाढा भएर बस्दाको नरमाइलो अनुभुती.. यही नरमाइलो अनुभूतिको भावनामा बगेर बिदेशमा बस्ने नेपाली गजलकारहरुले थुप्रै गजलहरु लेख्नु भएको छ, थुप्रै गजल संग्रहहरु निकाल्नु भएको छ।

                  क्रमश.....