बाचा सँगै गुन्जीएको त्यो मिठो धुनलाई सम्झे।

नबराज बुढा नबिन उदासी'

अन्धकार हुँदा जिबन पुर्णिमाको जुनलाई सम्झे
फेरी याद आउँदा बिम्ब आँखाभरी उनलाई सम्झे।

छोडेर गए पनी कती दयालु थिइन मेरी उनी
आज फेरी झल्को आउँदा उनको गुणलाई सम्झे।

आज बिछोडमा घाइते मुटु यती रेतिड्यो रै'छ
दुख्यो यो मनसारा आज फेरी रुनलाई सम्झे।

सजाउछु दिलभित्र भनेको थिएँ उनैलाई मायाँले
तिमी गएछौ, तिमिलाई ल्याएको सुनलाई सम्झे।
 
नाच्दा गाउँदा त्यो झ्याउरे ताल संगै गाउँघरमा
बाचा सँगै गुन्जीएको त्यो मिठो धुनलाई सम्झे।