गजल

मन्दिरमा इश्वर माग्दैछ भेटी गरिबले रुँदा
भिम कुवँर 'रमेश गोठालो'
दिँदैन न्याय मान्छेको मालीक मान्छे नै रुँदा।

फलाम कै टुक्रा अमुल्य हुन्छ धनीको हातमा 
हिरा र मोती पत्थरै बन्छ गरिबले छुँदा।

अग्लिंदै गा'छन् धनीका महल स्वर्गैलाई छुन 
हांस्दैछ इश्वर गरिबको छानो भत्केर चुँदा।

गरिबलाई दु:ख धनीलाई सुख यहि हो अन्तर 
सबैले एक दिन मर्नुनै पर्छ दुधैले धुँदा।।
 
              -उदयपुर, हाल: मलेशिया