गजल; * प्रबासमै उड्यो हजुर जिन्दगीका रंग सबै मैले पीडा भोग्दा किन देख्छु यहाँ दंग सबै । * हरा भरा देख्छु सबै लाग्छ आफैं उदांगो छु ब्यर्थ खुशी साँच्नु भन्दा पार्छु बरु भंग सबै । * धेरै गरें एक्लो यात्रा बिरानो यो बगरमा जित जती अरुको भो हारें मैले जंग सबै । * सकियो कि आसुँ जती बिछोडमा बगाएर शिसिरको पालुवा झैं खुम्चिँदैछ अंग सबै । * गर्नु गर्यो अभावले चोट माथि चोट पाएँ छोडि दिएँ दोश जती आफ्नै भाग्य सँग सबै । * गोविन्द भाबुक रचना ; २६ आस्विन २०६८
|