गजल

बिछोडको हुरी चल्दा आँशु तिम्रो झर्यो क्यारे 
राज 'एस' भुजेल
सागर भनी पौडी खेल्दा आँशुको  ताल पर्यो क्यारे!

जोडिएको मुटुलाई छिया-छिया चिरा पर्दा 
अश्रुधारा झर्दै थियो मिलन पारी तर्यो क्यारे !

कहाँ पोखौं पिर व्यथा विधाता नै टाढा हुँदा  
टुक्रिएको सपनामा आधा जिबन मर्यो क्यारे!

उही पानी सागर पुग्दा हामी भयौ दुई किनारा
समर्पणका बाचा बन्धन उजाड बनि झर्यो क्यारे!

जाली छ संसार यहाँ कसम पनी मिथ्य भो 
देउरालीको देबी देबता कतै टाढा सर्यो क्यारे !!   

              -दोर्पा च्युरी डाँडा खोटाङ दिक्तेल