राष्ट्रकविलाई पद्मश्री साधनाद्वारा सम्मान


राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकविलाई अतुलनीय योगदान     पुर्‍याएको भन्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान प्रदान गरेको छ । सोहि कार्यक्रममा  साहित्यकार झमक घिमिरे र कथाकार डा. रवीन्द्र समीर पनि सम्मानित भएका छन् । झमकलाई 'जीवन : काँडा कि फूल' निबन्ध संग्रह तथा रवीन्द्रलाई 'अर्जुनदृष्टि' लघुकथा संग्रहका लागि प्रतिष्ठानले सम्मान गरेको हो । प्रतिष्ठानका प्रमुख संरक्षक जीवा लामिछानेले राजधानीमा मंगलबार तीनै स्रष्टालाई एक-एक लाख रुपैयाँको पुरस्कार हस्तान्तरण गरे ।

साभार: डिसी नेपाल डट कम बाट