गजल
-
आगनी छ प्रतिक्षामा, मेरा पाइला स्पर्शको।
म छु यहाँ प्रबासमा, दिन काट्दै सङ्घर्शको।
पराइ यो भुमी माथि,तप्प तप्प पसिनाले।
जतिसुकै सिंचेपनी, आउँदैन दिन त्यो हर्शको।
खुशी हुन्न शाउ मेरो, चौबिस घण्टा खटेपनि।
ष्रम चुस्छ मेरै अनी, कुरा गर्छ आदर्शको।
आज भन्दै भोली भन्दै, दिन बिते कस्ट भोगि।
अधुरै छन सपना त, पात्रो फेरेँ तीन बर्षाको
रमेश कुवँर गोठालो- -उदयपुर, हाल: मलेशिया