संबिधानकेा भुत
संबिधान-संबिधान भन्दैमा दिन बित्यो कती
यहि संबिधान भन्दा खेरी भयो कत्रो खती
खै अझै बुझ्या कुरा ! भन्छौ सधै सहमती ।
सहमतिकेा जाल बुन्नाले देखियेा कति बिमती
कुन वाढीले गर्ने होला ? संविधानको ओखती ।
कसैलाई मागी खाने त कसैलाई ठगी खाने
कसैलाई भत्ता पकाउने र भो सत्ता जोगाउने।
खै अझै बुझ्या कुरा ! भन्छौ सधै सहमती ।
सहमतिकेा जाल बुन्नाले देखियेा कति बिमती
कुन वाढीले गर्ने होला ? संविधानको ओखती ।
कसैलाई मागी खाने त कसैलाई ठगी खाने
कसैलाई भत्ता पकाउने र भो सत्ता जोगाउने।
अनौठो खेल र दुहुनो गाई भयो संबिधान
नबनाउ है जनतालाइ विल्कीबाठ ब्यबधान।
तुहाउने र जगाउने नगर है खिचातानी
होसियार है नेताहरु जनताको खबरदारी !
फोहोरी राजनितीले कस्तो मोड लिने हो ?
६०१ सभासदलाई भालुको कन्चट पारो भो।
समाबेशी गणतन्त्र नेपालको नयाँ संबिधान
चाहना हो नेपालीको पूर्ण गर मन सम्मान।
भद्कालो भै जागिन्छ कि संबिधानको अबसान
नगर धेरै बेईमान मिलेर बचाऊ सबैको संबिधान।
-दमौली, तनहुँ
हाल: युएई
हाल: युएई