नेपाली नाट्यसाहित्य र रङ्गमञ्च

प्रसिद्ध नाट्यसमालोचक प्रा. डा. केशवप्रसाद उपाध्यायसँग
तुलासिहरी कोइरलाले गरेको अन्तरवार्ताबार्त. . . .
प्रसिद्ध नाट्यसमालोचक प्रा. डा. केशबप्रशाद उपाध्या

(नेपाली नाट्यसाहित्यको प्रारम्भिक विन्दुको रूपमा शक्तिवल्लभ अज्र्यालको 'हास्यकदम्ब'लाई लिइन्छ । संस्कृतमा उनी आफैँले लेखेको नाटकलाई वि.सं. १८५५ मा नेपालीमा अनुवाद गरेका थिए । त्यसपछि वि.संं १८९२ को वरपर भवानीदत्त पाण्डेले 'मुद्राराक्षस' संस्कृत नाटकलाई नेपालीमा अनुवाद गरेका थिए भने युवककवि मोतीराम भट्टका नाटकहरू पनि यसै सेरोफोरोका पृष्ठभूमिका पाइन्छन् । पहलमान सिंह स्वाँरको वि.सं. १९६२ को नाटक 'अटलबहादुर' प्रथम नेपाली मौलिक नाटकका रूपमा स्थापित छ र यसैबाट गणना गर्दा मौलिक नाटक लेखनको इतिहासले पनि सय वर्ष काटिसकेको अवस्था छ ।
नेपाली नाट्यसाहित्यमा मौलिकता र सामाजिकता भित्र्याउने काममा बालकृष्ण समको योगदान उल्लेखनीय छ तर यहाँ उल्लेख गर्न लागिएको पक्ष भनेको रङ्गमञ्च हो । रङ्गमञ्चको विकासका लागि चासो राख्ने प्रारम्भिक व्यक्तित्वका रूपमा नाम लिनुपर्दा चाहिँ नाटककार भीमनिधि तिवारीको नाम अगाडि आउँछ । उनले वि.सं. २००७ साल फागुन २० गते शनिवार पशुपति भण्डारखालमा एक समारोह गरी 'नेपाल नाटक सङ्घ' को स्थापनासमेत गरेका थिए । कविशिरोमणि लेखनाथ पौड्यालबाट उद्घाटन गरिएको कार्यक्रममा बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, गोन्दिबहादुर मल्ल 'गोठाले' लगायतका व्यक्तित्वहरूले बोल्नुभएको थियो । 'नेपाल नाटक सङ्घ' को भवन निर्माण गर्न तत्कालीन राजा त्रिभुवनबाट रु. १ लाख सहयोग दिने र 'त्रिभुवन नाट्यशाला' नामाकरण गर्ने गरी रत्नपार्कमा जग्गासमेत मिलाएर नक्सा बनाइसकिएको थियो । यतिसम्म भएर पनि भवन निर्माण हुन सकेन । रङ्गमञ्चका क्षेत्रमा यसलाई ठूलो क्षति नै मान्नुपर्छ । नाटक दृश्यसाहित्य हो र यसको प्राण रङ्गमञ्चसँग जोडिएको हुन्छ । रङ्गमञ्चका क्षेत्रमा सरकारी स्वामित्वका प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय नाचघरले गर्नुपर्ने काम पनि गर्न सकिरहेका छैनन् तर निजी स्तरका आरोहण -गुरुकुल) र सर्वनाम लगायतका नाट्यसंस्थाहरूले मह�वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्. । नाटकमा बौद्धिकता, सरलता, प्रयोगवादी प्रवृत्ति, सार्थकता र समस्यामूलक विशेषताहरू भरिएका हुन्छन् । यसमा व्यङ्ग्य र स्वैरकल्पनाले मीठास थप्ने काम गरेको हुन्छ । पछिल्लो चरणमा आएर रङ्गमञ्चप्रतिको आकर्षण बढ्दै गएको छ । यसै सन्दर्भमा नाट्यसाहित्य र रङ्गमञ्चप्रतिको बढ्दो आकर्षणमा केन्दि्रत रहेर डा. केशवप्रसाद उपाध्यायसँग गरिएका कुराकानी प्रस्तुत गरिएको छ ।)

Q= नेपालमा नाटक मञ्चनको वर्तमान अवस्था कस्तो छ ?

A= नेपालमा नाटक मञ्चनको वर्तमान अवस्था हेर्दा केही हदसम्म उत्साहजनक देखिन्छ । खासगरी गुरुकुलको स्थापनापछि रङ्गमञ्च अघि बढेको छ । राष्ट्रिय नाचघरको प्रारम्भमा केही चहलपहल थियो तर क्रमशः त्यो हराउँदै गयो । प्रज्ञाप्रतिष्ठानबाट पनि रङ्गमञ्चलाई उतिसारो ध्यान दिइएन । अहिले विश्व नाट्यमहोत्सव मनाउनेसम्मको अवस्थामा पुर्‍याएकै सर्वनाम र गुरुकुलजस्ता संस्थाले हो । विदेशी प्रसिद्ध नाटकहरू पनि यहाँ मञ्चन भइरहेका छन् । स्टेनवर्गको स्वीस भाषाको नाटक 'प|mोकेन्जुली' जस्तो गहन नाटक पनि गुरुकुलमा मञ्चन गरियो । एक वर्ष अगाडि कम्प्युटर प्रविधिबाट शिवानीसिंह थारुको 'भर्चुअल रिटालिटी' जस्तो नाटक पनि देखाइयो । नयाँ पुस्ताले विभिन्न प्रयोगहरू गरिरहेका छन् । यस्ता प्रयोगलाई उत्तरआधुनिक प्रयोग अन्तर्गत लिन सकिन्छ । चालीसकै दशकमा पनि लिलालेखनले उत्तरसंचारवादी प्रयोगलाई छोएको हो । यहीँदेखि उठेर अहिले रङ्गमञ्चले फस्टाउने आश देखाएको छ ।

Q= नाटक मञ्चनको लामो इतिहास भएर पनि यसले किन फड्को मार्न सकिरहेको छैन ?
A= असन्तोष मान्ने ठाउँ प्रशस्त भए पनि देश, काल, परिस्थिति अनुसार चित्त बुझाउनुपर्छ । हामी विश्व सन्दर्भबाट हेर्दा हरेक कुरामा पछि छौँ । त्यसमाथि पनि हाम्रो नेपाली साहित्यको इतिहासै कति छ र ? पहलमानसिंह स्वाँरको 'अटलबहादुर'लाई नेपाली मौलिक नाटक मानेर सतवाषिर्कीसम्म मनायौँ । रङ्गमञ्च जति अगाडि आइरहेको छ, त्यसको तुलनामा गतिला नाटक लेखनमा कमी छ । म त भन्छु- डा. अभि सुवेदीको 'अग्निको कथा' नेपाली नाट्यसाहित्यमा ज्यादै उत्कृष्ट छ । अन्यमा एकाङ्की केही राम्रा भए पनि पूणर्ाङ्कीमा कमी छ । अभि सुवेदी, शारदा सुब्बा जस्ता उत्कृष्टहरू अझै आउनुपर्छ । बालकृष्ण समलाई उछिनुन् भन्ने लाग्छ तर समय लाग्छ यसमा । लेखनमा त यस्तो भने मञ्चनका कथाव्यथाहरू कति होलान् कति । फड्को मार्नेभन्दा पनि यहीरूपमा अघि बढिरहे राम्रो हुन्छ ।

Q= नाटकले दर्शकलाई दिने सन्देशले समाजमा परिवर्तन हुने ठान्नुहुन्छ ?

A= समाज परिवर्तनका दृष्टिले नाटकको ठूलो मह�व छ । भारतवर्षमा भरतमुनिले लोकलाई ज्ञान दिने माध्यम भएन भनेर खोजी गर्दा नाटकमा पुगेका थिए । सन्देशका दृष्टिले त सडक नाटकहरू ज्यादा परिवर्तनमा केन्दि्रत हुन्छन् । कचहरी नाटकले पनि सामाजिक परिवर्तनमा सघाउ पुर्‍याउँछ । सर्वनामले सडक नाटक र आरोहणले कचहरीमार्फत् मह�वपूर्ण भूमिका खेलेका छन् । एड्स, परिवार नियोजन, पर्यावरण, राजनीतिक चेतना, सामाजिक क्रान्ति आदिका विषयहरूमा नाटक प्रभावकारी बनेका छन् ।

Q= नाटक लेखनमा कमी भएका कारण मञ्चनमा पनि कमी भएको हो वा अन्य कारणहरू पनि छन् ?
A= विश्व साहित्यलाई हेर्दा कविहरू पनि नाटककार भएका छन् । गि्रसेली नाटकहरू पनि कवितात्मक छन् । रोमका आदिनाटकार सिनेकाका नाटकहरू मञ्चन भएनन् । शेक्सपियरका नाटक पनि सबै मञ्चन भएका छैनन् । नाटकमा हुने पद्यात्मकतालाई मञ्चनमा समस्या छ । काव्यात्मकताले नाट्यभाषालाई ढाक्दा ज्यादा क्लिष्ट लाग्छन् । शेलीले पनि नाटक लेखेका छन्, लक्ष्मीप्रसाद देवकोटाले पनि लेखे तर उनीहरू नाटककार मानिदैनन् । भाषा, शैली, दृश्यविधानआदि राम्रो हुनुपर्‍यो । नाटक मञ्चनका लागि नाटक नै लेखिनुपर्छ भन्ने छैन, अन्य विधाबाट पनि नाटकमा ढाल्न सकिन्छ ।

Q= अन्तर्राष्ट्रिय नाटक महोत्सवले नेपाली रङ्गमञ्चमा कस्तो प्रभाव पार्ला ?

A= अवश्य पनि राम्रो र सकारात्मक प्रभाव पर्छ । विदेशी रङ्गकर्मीहरूसँग विचार आदान-प्रदान भए, उनीहरूका प्रतिक्रियाहरू लिन-सुन्न पाइयो । हामीमा पनि हीनताबोध रहनु हुँदैन । देवकोटाले नेपालीको हीनताबोधलाई 'नेपाल सुन्दर शान्त विशाल' भनेर हीनताबोध त्याग्न आग्रह गरेका छन् । अहिलेका पुस्ताले पनि त्यही भावना लिएर काम गरिरहेकै छन् । मूलकुरा त राजनीतिक अस्थिरताले गर्दा हो । राजनीतिक फड्कोको सङ्क्रमणकालीन अवस्थामा छौँ हामी । समजस्ता उच्च व्यक्तित्वले पनि नाटकहरू लेख्दा चन्द्रशमशेरका दाह्री र अनुहार सम्भिदै डराइडराई लेख्थे अरे । हाम्रो भाषा-साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा, अन्तर्राष्ट्रिय बजारमा नलागी मूल्याङ्कन र तुलना हुन सक्दैन । हाम्रो पूर्वीय दर्शन पनि ज्ञान, प्रज्ञा र मेधामा कम छैन ।

बाट साभार