गजल
मैले मायाँ गरेकै हो, टाढा भयौ किन
अँगालोमा बाँधेकै हो, छाडा भयौ किन ।
मात चढेछ क्यारे ! मैले बुझ्नै सकिन
मेरो धावन मार्गमा, बाधा भयौ किन ।
मेरो धावन मार्गमा, बाधा भयौ किन ।
हिजोसम्म ठिकैथ्यो, ललिते त्यो बोली
अनायसै फड्को मारी, काँढा भयौ किन ।
अनायसै फड्को मारी, काँढा भयौ किन ।
नँसाध्नुथ्यो मुटु हाम्रो, भुल भो पहिले
पीरतिमा गाँठो पार्दै, गाढा भयौ किन ।
पीरतिमा गाँठो पार्दै, गाढा भयौ किन ।
विश्वासमा पर्दा आज, घात सिद्ध भयो
मत्लवी र जालीप्रेम, भाढा भयौ किन ।
मत्लवी र जालीप्रेम, भाढा भयौ किन ।
रुपलाल बिस्वकर्मा
दमौली, तनहुँ
हाल: दुबई