गजल
यथार्थमा जिन्दगी माटो रै'छ साथि
![]() |
राज 'एस' भुजेल |
मृत्यु सम्म पुग्नु पर्ने बाटो रै'छ साथी।..।।
सम्झनाको छाल बनि उर्लिन्छन ति कुरा
कहीं कतै दुख्नु पर्ने खातो रै'छ साथी ।
सुखै सुख हुन्न रै'छ दु:ख पनि गर्नु पर्ने
ज्युनु त मृत्यु को साटो रै'छ साथि ।
जिबन के हो ? बुझ्नै गार्हो भयो मलाई
जिबन त दुई सिक्काको पाटो रै'छ साथी ।
-दोर्पा दिक्तेल खोटाङ
हाल: दोहा, कतार