गजल
Neel Khadka
राख्नू दिदी आफ्नो आँसु, थमाएर तिहारमा !!
आउँछु पक्कै अर्को साल, कमाएर तिहारमा !
झिलिमली पार्दै साँझ, दीपावली गर्नू !
खेल्नू भैलो दिदी बहिनी, रमाएर तिहारमा !!
मखमली फूल पनि, फूल्या होला धेरै !
उन्नू माला चट्ट आसन, जमाएर तिहारमा !!
फोटो होला भित्तामाथि, लाउनू टीका त्यसमै !
फोर्नु ओखर लोहोरोलाई, समाएर तिहारमा !!

-निल खड्का