एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ'


Bina Tamang
बिना तामाङ 'सुनगाभा'
एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
सहलाउँछु दुख्या छाती अलि यता आउ

आकाश रुन्छ वर्षा हुन्छ तिमीलाई दुख्दा
बगर बन्छ आँखा मेरो अश्रु झरि सुक्दा
कोमल तिम्रो ह्रदय छ उस्तै छन् ती पाउ
सहलाउँछु दुख्या छाती अलि यता आउ


चोटहरुले गलाउँला कतै तिमीलाई
असिम प्रित पिलाउँला यतै तिमीलाई
सुस्तरी बिर्स चोट अब मात्र माया लाउ
सहलाउँछु दुख्या छाती अलि यता आउ

एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
सहलाउँछु दुख्या छाती अलि यता आउ

बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं