गजल
दीप दर्शन |
स्वाभिमानी नेपालीले माम खोजौ आफ्नै देशमा
नयाँ नेपाल बनाउन काम खोजौ आफ्नै देशमा
फर्कौ अब प्रदेश बाट हामी सबै यूवाहरु
चाँडै नयाँ बिकाशको लाम खोजौ आफ्नै देशमा
बिदेशीको अर्थ बढाई दाषी भई बस्नु भन्दा
आटै खाँऊ फाटै खाँऊ नाम खोजौ आफ्नै देशमा
कतिन्जेल जिउनु हामी अन्धकारमा जीवन
भावी दिन्मा न्यानो दिने घाम खोजौ आफ्नै देशमा
दीप दर्शन
भगवती ३ जाजरकोट