गीत- मखमली फुल्यो क्यारे
गनिन्द्र "बिबस" |
बिबस्ताको जेल बाट सम्झिदैछु चेली तिहार
कस्ले बुझ्ने मेरो व्यथा बसेको छु खाली निधार।
औसी रातको अधेरीनी दिपै दीपले खुल्यो क्यारे
बेसी फाटमा लह लह धान पनि झुल्यो क्यारे।।
ओइलियो उता माला , ओइलिन्दै छ यता मन
चर्केकैथ्यो मुटु मेरो , आज फेरी चर्क्यो झन।
देउसे भैले संग संगै बलिहाङनी डुल्यो क्यारे
बेसी फाटमा लह लह धान पनि झुल्यो क्यार।।
-तेह्रथुम, हाल: मलेशिया