गजल
देउशी भैलो लोक भाका नगाएरै मर्छु क्यारे
मठ मन्दिर पाटी पौवा नधाएरै मर्छु क्यारे
पसिनाको धारो छ नी सप्तरंगी लाउने निदार
म त दिदि सप्तरंगी नलाएरै मर्छु क्यारे।
मरभुमी राप माथी प्यासी ओठ लिइ हिँड्छु
साग सिस्नु खोले फाँडो नखाएरै मर्छु क्यारे।
भाइ टिका लगाएर दिदी तिम्रो मन्ले दिने
आशिर्वाद अनी माया नपाएरै मर्छु क्यारे।
कर्तब्यवान् छोरा अनी आग्याकारी भाइ बनी
आफन्तको नजरमा नछाएरै मर्छु क्यारे।
कुमार श्रेष्ठ
नेपाली गजल बाट..
मठ मन्दिर पाटी पौवा नधाएरै मर्छु क्यारे
पसिनाको धारो छ नी सप्तरंगी लाउने निदार
म त दिदि सप्तरंगी नलाएरै मर्छु क्यारे।
मरभुमी राप माथी प्यासी ओठ लिइ हिँड्छु
साग सिस्नु खोले फाँडो नखाएरै मर्छु क्यारे।
भाइ टिका लगाएर दिदी तिम्रो मन्ले दिने
आशिर्वाद अनी माया नपाएरै मर्छु क्यारे।
कर्तब्यवान् छोरा अनी आग्याकारी भाइ बनी
आफन्तको नजरमा नछाएरै मर्छु क्यारे।
कुमार श्रेष्ठ
नेपाली गजल बाट..