कविता-माया लाउन जानीन

रुपलाल बिश्वकर्मा 'रुप अनुरागी'

रङ्गीचङी बगैंचामा फूलहरु फक्रे कति
सुगन्धले मन्त्रमुग्ध मैले टिप्न जानीन्
हेर्दा उस्तै देखिने माया लाउन जानीन ।

आजन्मको सृष्टीले वासना नि ल्याकोथ्यो
अन्जानमै भए पनि सजाउन त थाल्या हो
ऊँडी-डुली भमरा डालीमा त बस्याथ्यो ।

सर्तहरु धेरै राख्यौ नि मैले उचित ठानीन
नि:सर्तमा जिउनाले माया लाउन जानीन्।


रन्को-सन्को दुबै उस्तै भड्की गए बातहरु
अहम्ताले जरा गाड्यो पराई भए हातहरु ।

भीरको मौरी भीरमै रह्यो मनमा कुण्ठा पालेर
मीठो वासना विलायो खै, सुगन्ध नै भुलेर।

दुई दिनको क्षणिक रमझम भरोसा नै लागेन
पौरखीको चोखो मनले माया लाउन जानीन् ।

फूल टिप्न नखोज्नु वासना मीठो ठानेर
दायाँ- बायाँ हेर्नु कतै काँढा छन कि भनेर । ।

सदाबहार फुल्ने फूल गार्‍यो पर्‍यो ठम्याउन
भयो खति सप्र्यो कति भेऊ पाउनै सकिन्।

हेर्दा हेर्दै अकाट्य समयले कोल्टे फेरी गयो
पुराना पातहरु झरेर नयाँ पातहरु पलायो।

भित्री मन चोखो नभई स्वागत त्यसै गरिन्न
तर मैले किन-किन माया लाउन जानीन्।।

-दमौली , तनहुँ
 हाल - दुबई