गाइ जात्रे राजनिति यात्रा..

प्रजातन्त्र र लोकतन्त्रको जादु मन्त्र 

रुपलाल विश्वकर्मा 'रुप अनुरागी'  
भागवन्डा र लुछाचुडिको चल्छ षड्यन्त्र।

नेताहरु तोरीलाउरे भन्छन सहमति 
महंगीले नेटो काट्यो अपराधीलाई पार्टी।

तंछाड-मंछाड गर्दै भाषण छाड्छन नेता 
कुर्सि पायो मन्त्रि भयो, जनता यता न उता। 

के रोग लाग्यो नेपाल आमा रुन्छिन छाती पिटी 
अन्योल पर्यो शान्ती र संविधानको मिती।

झन्डा बोक्दै भाषण थिक्दै नेता चढे पजेरोमा
लोडसेडिङले उखरमाउलो जनता अँध्यारोमा !!

                     
               
                 -दमौली, तनहुँ 
                   हाल: दुबई