किन आउँछ चाड..

परदेशी यो मन रुवाउन, किन आउँछ चाड 
प्रबासी मनलाई तड्पाउन, किन आउँछ चाड!

रमाउदै छन् साथी भाई हाँस्दै खेल्दै परिवारमा 
प्रबासी जिबन  दु:खी बनाउन, किन आउँछ चाड!

आशिषको बचनले रेतिदा घाइते यो मुटु
दुखेको योमन दुखाउन, किन आउँछ चाड!

रोपे थिए होलान मखमली फुल मालाहरु
न उन्दै माला सुकाउन किन आउँछ चाड!

पोहोर, परार पनी यस्तै बिट्यो दशैं तिहार 
भुलेको अतित सम्झाउन, किन आउँछ चाड!!

               अनलाइन साहित्यिक ब्लगबाट......