गजल
राजबहादुर कुँवर
आँखा फुटाउनु होस् दृष्टि अरुकै चाहिन्छ भने । ...
गोढा कुञ्ज्याउनु होस् सृष्टि अरुकै चाहिन्छ भने ।
फूलका निम्ति माटो चलाउन जाँगर छैन हातमा
भाँचिदिनुहोस् पसिनाको बृष्टि अरुकै चाहिन्छ भने ।
रगत बेचेर सहिदको कुन खुसीको संसार किन्छौं ?
बेच्नुहोस् सगरमाथा सन्तुष्टि अरुकै चाहिन्छ भने ।
शीर छैन मेरो, मुटु छैन मेरो भन्नु पर्छ तैले मान्छे
यो देश कस्तो हुन्छ ? आकृति अरुकै चाहिन्छ भने ।

<!--more-->