कबितांस/क्वान्टम-कबिता श्रृंखला शभ्य
पहाडको-
![]() |
मधु माधुर्य |
खहरे झोलाको कलकल बिर्सो
चराचुरिंगीको चिरबिर बिर्सो
हिमाली सिरेटोको सुसेली बिर्स्यो!
कानमा स्काइप, ओभो मेसेन्जरको तर जोडेर
आफनै आवाजमा सभ्यताको कर्कस-प्रतिध्वनि सुन्ने अभ्यस्ततामा !
तराईको-
समथर हरियाली फाँटहरु बिर्स्यो
तन्टलापूर्ण घामको रापिलो अंगालो बिर्स्यो
नरिवल र झरिलो आँपआदिको स्वागत्-द्वार बिर्स्यो
आँखामा फेसबुक, ट्वूटर र गुगल प्लस टाँसेर
सभ्यताको गफ चुट्ने चौतारीमा घुर्ने असभ्यतामा !
तराईको-
समथर हरियाली फाँटहरु बिर्स्यो
तन्टलापूर्ण घामको रापिलो अंगालो बिर्स्यो
नरिवल र झरिलो आँपआदिको स्वागत्-द्वार बिर्स्यो
आँखामा फेसबुक, ट्वूटर र गुगल प्लस टाँसेर
सभ्यताको गफ चुट्ने चौतारीमा घुर्ने असभ्यतामा !
पखेताको शभ्य
शभ्य बाट यान्त्रिक
शभ्य बाट यान्त्रिक
यान्त्रिक बाट जंगली
जंगली बाट फेरी*****??
*****बाट फेरी......मान्छे ?
*****बाट फेरी......मान्छे ?
उत्तर-आधुनिक कालचक्र:
डाभिनको 'इभ्युलेशन' प्रतिर्दशनको साक्षात्कार !!!
सब्यताको तथ्याँङ्कीत पात्र।
साथीहरु-
इन्दोज अपरेटिंग शिष्तम बात चल्ने
( हेर्दा ओरिजिनल देखिने) सेकेंदहंदा कम्प्युटर हौँ
हामीलाई च्याम्पटी घुमाउने चोर औंलाहरुले
कुनै पनी बेला हाम्लाई निभाउन/बाल्न सक्छन
हाम्रा 'मुड/अन अफ ' गर्ने धेरै एैतिहासिक बटनहरु छन् त्यहाँ !
हामीभित्र स्थापित प्रोग्राम/ 'सफ्टवयरहरुको बट्टामा'
'मेड इन इन्दिया चाइना, अमेरिका' लेखिएका..छन्।
युट्युबमा हाम्रो बिकाशको (एनिमेसन)
भत्के सगरमाथा
वा टुटेको धरहरा
हामी गरिबीको/दरिद्रताको सस्तो अनलाइन बिज्ञ्यापन गरिरहेछन्
प्रत्यक क्लिकहरु/ प्रत्यक थोपा आँशुको 'रियालिटी सो' पछ्याइरहेछन्।
किन यो बेला लोडसेडिंग हुँदैन ?
हाल: मस्को, रसिया