टेाक्ने कुकुर

लघु कथा।।



चौतारीमा सबै जना भेला भई सके पछी )

वार्ड अध्यक्ष : उठेर ल भन ! खासो खास कुरा के हो ?
होमनाथ : निन्याउरो मुख लाउदै ! बेली बिस्तार लाउदै सुनिएको आफ्नो रातो अनुहार तिर अंकित गर्दै , हेर्नुस् ! यो पदम मास्टरले मेरो यो हालत हुने गरी कुट्यो हिजो मलाई ।
पदम मास्टर : जुरुक्क उठ्यो र बोल्यो ! हेर होमनाथ ! रक्सी पिए भन्दैमा अर्काको श्रीमती पनि भन्ने नसोची जे पायो त्यही बोल्ने ? अर्काको ईज्जतको ख्याल सम्म नगरने तँ ? तँ जस्तो कुकुरलाई ठीक पार्न कुटेको हुँ मैले बुझिस ?
वार्ड अध्यक्ष : हेर होमनाथ ! तैले जाँड रक्सी खाएर यसरी अर्काको ईज्जत र मान सम्मानमा आँच आउने काम गर्न नहुने थियो । तैले जस्तै यहाँ अरुले पनि गर्न थाले भने हाम्रो यो सोच्छ समाज दुर्गन्धित हुन्छ ।
मास्टर बाबुले पनि हातपात गर्न नहुने थियो । कुटी हाल्नु भएछ , अब ! औषधी मुलोको निम्ती हेल्थ पोस्टमा लागेको खर्च् पानी बेहोर्नु पर्‍यो ।
पदम मास्टर : अध्यक्ष बा ? मेरो गल्ती ................. ?
अध्यक्ष : मास्टर बाबु ! तपाईं यो गाउको शिक्षक पढे लेखेको मान्छे । अब ! के भन्छन त्यो ! कुकुरले ट्योक्यो भन्दैमा उल्टै कुकुरलाई टोक्न नहुने हो । बुझ्नुस् न मास्टर बाबु !