गित-२-जिन्दगीमा दुख पर्दा
जिन्दगीमा दुख पर्दा सबै टाढा हुँदो रै’छन्
कुमार श्रेष्ठ “यात्री” |
देखावटी माया गर्न रुँदा साथमा रुदो रै’छन्
रुँदा आँसु पुछ्ने थे नौ भने किन माया लायौ
दुख सुख बाँडी जिउने झुटो कसम किन खायौ
मन् मैलिए आँसु मागी आफ्नो मन धुँदो रैछन्
देखावटी माया गर्न रुँदा साथमा रुदो रै’छन्
हिजो आफ्नो मन मुटू भित्र राख्छु भन्ने लाइ
भगवान भन्दा माथी पर्छौ भनी गन्ने लाइ
नाक मुख खुम्च्याएर आँखा चिम्ली छुँदो रैछन्देखावटी माया गर्न रुँदा साथमा रुदो रै’छन्
जिन्दगीमा दुख पर्दा सबै टाढा हुँदो रै’छन्
देखावटी माया गर्न रुँदा साथमा रुदो रै’छन्
गित लेख्ने कोसिस गरेको छू है मैले पनि दोस्रो पटक कृपया गित भयो या भएन एक पटक नजर लगाइ दिनुस् है त सबै अग्रज अनी मित्र हरुले !
*
कुमार श्रेष्ठ “यात्री”
रामेछाप,कठजोर-६
हाल साउदी अरब रियाद