गजल


परदेशमा दिन बिते, मैले खुशी खोज्दै धाउँदा
साथी-सङ्गी छुटी गए, सिमा रेखा काट्दै आउँदा ।
 

जिबीका चाहिं टर्थ्यो होला, रहर बहर धेरै बढे
भरिंदैन लोभी भाँडो, मनको छानो टाल्दै ल्याउँदा ।
 

दायाँ-बायाँ गर्जो टार्दै, महिना बिते वर्ष नि बिते
धनको भोगी नभएनि, तनको रोगी पक्कै पाउँदा ।
 

घर बार ईष्टमित्र, देशको माया धेरै आउने
टुहुरा भए चाडवाड खै, बिछोडिंदै विदा हुँदा ।
 

नबसौं भने बाध्याता यो, बस्दा पीडा मनमा हुने
प्यारो भुमि-माटो आफ्नै, मनको खुशी रम्दै छाउँदा ।
 

रुपलाल बिश्वकर्मा ( रुप अनुरागी )

दमौली , तनहुँ