प्रगतिशील साहित्यकार केवलपुरेको रहेनन्


kewal-pure-kisan-1-300x256
स्व. साहित्यकार केबलपुरे

काठमाडौँ, असोज २२। प्रगतिशील साहित्यकार केवलपुरे किसानको ८५ वर्षको उमेरमा गतराति निधन भयो।   विसं. १९८३ चैत २९ गते धादिङ जिल्लाको केवलपुरमा जन्मनुभएका किसानको वास्तविक नाम देवीप्रसाद पौडल हो। पिसाबसम्बन्धी रोगबाट ग्रस्त किसानको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा हिजो बेलुकी ११ बजे निधन भएको हो।
बाहुनले हल्लो जोत्न हुन्न भन्ने मान्यता विरुद्ध आफंैले हल्लो जोतेपछि उहाँ जिल्लाबाटै निष्कासित हुनुपरेको थियो।   विसं. २००७ सालको जहानियाँ राणा शासनविरुद्ध सशक्त साहित्य सिर्जना गरेर उहाँ जनतामाझ लोकप्रिय बन्नुभयो।   नेपाल नछो २०१०, समातेर पछार २०१२, छिछि २०१५, बोका खस्यो कविता सङ्ग्रह, बाघ आयो २००९ लगायतका कविता सङ्ग्रह र खण्डकाव्य गरी ११ वटा कृति प्रकाशित छन्।   प्रगतिशील लेखक सङ्घका संस्थापक सदस्य तथा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् सल्लाहकार किसान विगतमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ र प्रगतिशील लेखक सङ्घबाट सम्मानित हुनुभएको थियो।
राष्ट्रिय जनसाहित्यिक मञ्चका अध्यक्ष जीवेन्द्रदेव गिरीले जनताको पीरमर्कालाई कण्ठ गरी आमजनतालाई सुनाएर समाजमा सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण गर्न केवलपुरे किसानले योगदान पुर्‍याएको स्मरण गर्दै उहाँको निधनले नेपाली साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो।   उहाँका दुई छोरा र दुई छोरी छन्।