अग्रेजी भाषामा लिखित कथा सग्रह 'लोनली हर्टर्स' विमोचित

             नेपाली लेखक कुमार श्रेष्ठको अग्रेजी भाषामा लिखित कथाहरुको सग्रह लोनली हर्टर्सको आज एक कार्यक्रमको विच राजधानीमा विमोचन भएको छ । साहित्यकार एवम् समालोचक डीपी भण्डारीले आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा विमोचन गर्नु भएको हो ।

अमेरिकामा रहेको माउण्ट रोजर बुक्स एलएलसीले प्रकाशित गरेको सो पुस्तकमा नेपालको कला सस्कृति, अन्धविश्वास, जिन्दगी, परम्परा, यहाँको बेरोजगारका कारण उत्पन्न द्धन्द्ध र त्यसपछि देख्ने अमेरिकी जीवनको सपना बारे मनोरन्जक र मर्मस्पर्शी रुपमा मुद्दा उठान गरिएको छ । प्रकासकको तर्फबाट हरि शर्माले नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरु भए पनि आर्थिक अभावका कारण उनीहरुको प्रतिभा कृतिहरु प्रकाशन हुन नसकेको यथार्थ सुनाउँदै आफूहरुले नेपालका कृतिहरु अग्रेजी र नेपाली जुन भाषामा रहेपनि प्रकाशन गरेर क्षमता उजागर हुन दिने मौकाको सुरुवात गरेको बताए । उनले कुमार श्रेष्ठको पुस्तक अन्र्तराष्ट्रिय स्तरको भएको भन्दै यसले छिट्टै बजार लिने दावी गरे ।

sabhar डिसीनेपाल डटकम