गजल
आशिषमा रमाउने मन नभाको कहाँ हो र
बिदेशमा अल्झिनाले स्वदेशमा बासै छैन।
मिठो खाई राम्रो लाउने परदेशमा स्वप्ना मेरो
कामै कामले व्यस्त हुँदा टन्न खाने गासै छैन।
तड्पी'राको बिदेशमा म मात्र त कहाँ हो र ?
साथि सँगी कसैको'नी मुहारमा हाँसै छैन
सम्हालेर मनलाई चित्त बुझाउन भने पनी
जमरा त कठै बारा यो भुमिमा घाँसै छैन।
मुग्लान पसेको परारै हो बाध्यताको भुमरीमा
रुँदै गए दशैँहरु आउँदो साल नी आशै छैन।
रुँदै गए दशैँहरु आउँदो साल नी आशै छैन।
- मरुभूमिको छातीबाट
अर्जुन्चौपरी,स्याङ्जा
ई-मेल : rmsryal@gmail.com