गजल

कमाइन त पैसा के भो, मेरो मान मै सङ्ग छ
फर्कदै छु रित्तै स्वदेश, मेरो शान मै सङ्ग छ।

धारे ढुङ्गा, रुखो धर्ती, भन्द मेरै हिलो न्यानो
मानो रोप्दा मुरी फल्ने, मार्शी धान मै सङ्ग छ।

प्रतिक्षा छ आगनिलाई, मेरै पाइला स्पर्सको
देउसी भैलो लोक दोहरी, मौलिक आन् मै सङ्ग छ।

अभाबै को पिडा मिठो, पराइका बचन भन्दा
बिना गल्ती गाली सुन्या, थोत्रो कान मै सङ्ग छ।

खुन र आशु पसिनाले, भिजाइ दिए उस्को धर्ति।
बदलामा उस्ले दे'को, थोरै दान मै सङ्गछ।

जुनकिरीको बत्ती सङै, उज्यलो थ्यो आमाको काख
शहर भित्रै अधेरिको, तितो भान मै सङ्ग छ।

बिना मुल्य ब्यर्थै भए, पराइको दाश पनी
"नेपाल जाउ कपाल सङ्ग", यो उ'खान् मै सङ्ग छ।

हेला हिङ्सा कती सहे, तिता तिता बचन पनि।
स्वाभिमानी नेपली को, पहि'चान मै सङ्ग छ।

-भिम कुँवर 'रमेश कुँवर'
  उदयपुर, हाल:मलेशिया