कथा



- नारायण तिवारी

मैले उसको पसलमा प्रवेश गर्दा उसले मुन्टो उठाएर हेर्दा पनि हेरेन । उसका आँखाले मलाई देखिसकेको थियो । किनभने मेरा आँखा निमेषभर उसका आँखासित जुधेका थिए । मैले साबिकझैँ मुस्कान फालेँ । उसले नचाहेर ओठ खुकुलो पा¥यो । तर, साबिकझैँ मुस्कान फालेन । पहिलेपहिले ऊ दुई हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, “भन्नुहोस् हजुर केके सेवा गरौँ... !” लाग्थ्यो, साहूजी मृदुभाषी छ, कोमल छ र छ मानवीय व्यवहारयुक्त... ! तर, अहिले उसको मुखबाट बोली फुटेन । मैले नै पहल गर्दै अभिवादनस्वरूप एक हात उठाएँ । उसले मरेर एक हात ‘हाफ’ उठायो ।
उसको पसलमा प्रवेश गर्दा मसित थिए मेरा दुई लालाबाला र एक श्रीमती... । श्रीमतीले भन्दै थिई, “जाऊँ अरू दोकान पनि हेरौँ । त्यही सोहनेकहाँ जानु भन्ने के छ !”
“होइन त्यो दोकानदार असल छ । त्यसकहाँ नै किन्नुपर्छ । फेरि केही रुपियाँ नपुगे यसो उधारो पनि राखिदिन्छ ।” श्रीमती चुप लागेकी थिई ।
श्रीमतीले लहरै टाँगेका लुगाहरूमाथि दृष्टि पु¥याई । छामी । हेरी । केटाकेटीले लुगा छामे ।
— होइन यो राम्रो होला !
— होइन यो राम्रो होला !
— मलाई त यो मन प¥यो !
— छिः मलाई त कुनै मन परेन !
यस्तैउस्तै कुरा चले । मैले भनेँ, “यसो अरू पनि देखाइदिनुस् न साहूजी !”
“एइ, देखाइदे और... ।” बोली टर्रो पारेर कारिन्दालाई आदेश दियो उसले ।
‘एइ’ नाम गरेको कारिन्दाले एक पटक साहूजीलाई र अर्को पटक मलाई हे¥यो । सायद ऊ मालिकको टर्रोपन बुझ्न खोज्दै थियो । मेरा आँखामा आफ्ना आँखा गाडेर मानौँ सोध्दै थियो— पहिला त तपाईंंलाई देख्नासाथ साहूजी भगवान्लाई देखेझैँ गर्नुहुन्थ्यो । आजकाल के भयो ? के हाम्रो साहूजीसित तपाईंंले झगडा गर्नुभयो ?
मैले उसको आँखैको प्रश्नलाई ओझेलमा पार्दै, प्रसङ्ग अनुकूल पार्दै भनेँ, “देखाऊ न भाइ ! अरू राम्राराम्रा लुगा... ।”
फेरि श्रीमतीले लुगा छामी । हेरी । कति दाम ? केरी । केटाकेटीले लुगा छामे । हेरे । रोजे ।
श्रीमतीले मसित खासखुस गरी, “पैसा त घटाउँदैन होला !”
मैले भने रुन्चे हाँसो हाँस्दै, “सोध न साहूजीलाई” भनेर सुन्ने गरी भनेँ । साहूजीले भाउ घटाउँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि भाउ घटाइदिए हुन्थ्यो भन्ने रुन्चे चाहना मभित्र समेत उब्जिएको थियो । तर साहूजीले नसुनेझैँ ग¥यो ।
फेरि अचानक बम पड्किएझैँ गरी बोल्यो, “हाम्रो दोकानमा एक दाम हुन्छ । तपाईंंहरूलाई लिन मन छ त लेनू, नभए नलेनू...!”
पहिलेपहिले पनि मसित श्रीमती यस पसलमा आएकी थिई । उसलाई पनि अनुभूत भइरहेको थियो साहूजीको यो परिवर्तन र आँखैबाट मलाई ‘विद्रोही’ हुन घचघच्याइरहेकी थिई । ‘नत्र त...’ आँखैले भन्दै थिई, “नत्र त यसको बोलीलाई मै ठेगान लगाइदिन्छु... । यसको कर्जा खाएको छ कि क्या हो हाम्ले... ।”
“कर्जा खाएको छैन तर अब खानुपर्ने हुन सक्छ । चुप लाग न ! नकराऊ न !” म मानौँ आफ्नो हाउभाउबाट श्रीमतीलाई मत्थर हुन अनुनय गरिरहेको थिएँ ।
“उहाँको दोकानमा एक दाम हुन्छ । दाममा तलमाथि हुँदैन । कसैले ठगिनुपर्दैन । अनि किन जाने अरूकहाँ... !” मैले साहूजीको चाकरीमा यसो भनिरहँदा पनि साहूजीमा लचकता आएन । पसलमा उस्तो भीड नभए पनि अरू पनि एक÷दुई ग्राहक आउँदै–जाँदै थिए । साहूजी उति ‘बिजी’ नभए पनि बिजी भएको अभिनयमा व्यस्त बनिरह्यो । मैले साहूजीको चाकरीमा व्यक्त गरेका शब्दहरू सुनेर श्रीमतीले ओठ लेप्¥याई ।
ठूलठूला भइसकेका लालाबालाले आआफ्ना लागि ‘रेडिमेड’ वस्त्र छानिसिद्ध्याए । पसलको नाम नभएको ‘एइ’ कारिन्दाले प्याकिङ गरिसिद्ध्यायो ।
श्रीमतीले आफ्ना लागि ‘ब्रा’ प्याक गर्न लगाई ।
आमाबालाई धोती, कमिज र साडीचोलो जोगबनीमा गएर केही दिनअघि नै किनिसकिएको थियो ।
“मलाई यसपल्ट लुगा चाहिँदैन,” मैले घोषणा गरेको थिएँ ।
“मलाई एउटा सुतीको साडी भए पुग्छ,” श्रीमतीले सन्तोकी भई, “व्यवहार धान्न म हजुरको साथमा नै थिएँ, छु र रहिरहनेछु सदासर्वदा” भन्ने किसिमको अभिव्यक्ति दिइ नै सकेकी थिई ।
बाह्रौँ कक्षामा अध्ययन गर्दै गरेको छोरोले पनि बाबुआमाप्रति सदाशयता प्रकट गर्दै घोषणा गरिसकेको थियो, “मेरो पनि लुगा छँदै छ । मलाई पर्दैन ।”
जागिरबाट निवृत्त भएपछिको यो मेरो पहिलो दसैँ थियो । स्वाभाविक रूपमा जागिरमा रहँदा र नरहँदा आर्थिक अवस्थामा फरक पर्ने नै भयो । मासिक प्राप्त हुने ‘पेन्सन’ ले सबै कुरा धान्न कठिनाइ पर्ने स्वतःसिद्ध नै थियो । कहिले कसैको उधारो नखाने बरु थोरै खाने, तामझाम र उत्ताउलो जीवनशैलीभन्दा प्राप्त आयले जेजति पुग्छ खस्रो मसिनो खाँदै सरल जीवन बिताउने बानी मेरो र मेरा परिवारका सबै सदस्यको थियो । भ्रष्ट आचरणपट्टि नलागी इमानदारीको कमाइबाट दुःखसुख, सकिनसकी जीवन व्यतीत ग�