गजल
झिलिमीलि जताततै सबका दाजुभाई आउँदा बहिनी
नझार्नु आशुका ढिका तस्बीरमा टिका लाउँदा बहिनी।
एउटै भाको दाजु सम्झी कति रसाउदां हुन नयन तिम्रा
अघी पछि त सहेकै थियौ आज तिहारमा नि हराउँदा बहिनी।
अघी पछि त सहेकै थियौ आज तिहारमा नि हराउँदा बहिनी।
जताततै मखमली फुलले गिज्याउदा हुन तिम्लाई मन
कसरी सम्हाल्छौ झन देउसी भैलो गाउँदा बहिनी।
ठुली भएसी भेटै भएन सानी छदां सर्त राख्थ्यौ
आनाकानी गर्थे जाबो एकै सय माउँदा बहिनी।
यो साल पनि नजुर्ने भो सप्तरङगी टिका लाउन
छुट्टी पाईन सयौं पल्ट अफीस धाउँदा बहिनी।
-मोहराज शर्मा मोहन्
धुल्लु बास्कोट-२ बाग्लुङ
हाल: समुन्द पार अबु धबी UAE