घायलको तरही मुसायरा-१७

टेकेन्द्र अधिकारी
सम्पूर्ण आदरणीय गज़ल प्रेमी अग्रज तथा मित्रहरु ! तपाइहरुको सक्रिय सहभागिताले तरही मुसायाराले दैनिक गुणात्मक बिकास गर्दै गएको छ पहिलाको भन्दा संख्यात्मक रुपमा केहि कमी देखिएता पनि स्तरीय गज़लहरु सिर्जना भएका छन् र यहि नै सफलताको मापक ठानेको छु मैले । केहि बाहेक समुर्ण गज़लहरु उच्च गुणस्तरका प्राप्त भएका छन् । जुन तपाइहरुको मुसायरा प्रतिको झुकावको प्रतिफल हो भन्दा फरक पर्दैन यसको लागि यहाँहरु सबैलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु र यसरी नै निरन्तर साथको अपेक्षा पनि गरेको छु । धन्यवाद !

अरबी, फारसी, उर्दु गजलमा लोकप्रिय 'तरही मुसायरा' एक शास्त्रिय परम्परा हो जसले शायरहरुमा इन्धन (शक्ती) भर्दछ । ठूला-ठुला मुसायराहरुमा तत्कालै कुनै पनि गजलको 'मिसरा-ए-सानी'दिएर गजल कथ्ने र त्यसरी कथेको गजल वाचन गरिन्छ अनी ति मध्यबाट उत्कृष्ट गजललाई पुरस्क्रित गरिन्छ । यस्तो मुसायराले गजलकारहरुले आफुलाई अरुसँग दाँज्ने र सिक्ने अवसर पनि पाउँदछन् ।

आज मैले बिराटनगरका टेकेन्द्र अधिकारी जीको  यो मिसरा-ए-सानी 'थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु' लाइ  'घायलको तरही  मुसायरा-१७'  मा तरहको रुपमा दिएको छु ! साहित्यका बिबिध  बिधामा सक्रियरुपमा  कलम चलाउँदै आउनु  भएका उहाँका गेडीहरु  निक्कै  स्वादिष्ट हुन्छन् अनि गज़लमा मिठास !   यहि मिसराको आधारमा एक पूर्ण गज़ल लेखि फेसबुक तथा ब्लगमा पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछु !

गजल:  टेकेन्द्र अधिकारी 
मिसरा: थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु
काफिया: पालेको
रदिफ: छु
लय: थाहा छैन /आफैँभित्र //ब्वाँसा कति /पालेको छु
लय - ४+४+४+४=१६ 

गजल पोस्ट गरिसक्नु पर्ने अन्तिम दिन बिहीवार ०७ जुलाई,२०११ रातको १२:०० बजे (युएई समय+४ अनुसार)

घायलको तरही मुसायराका सहभागीले पालना गर्नु पर्ने नियमहरु
(क) प्रत्येक सहभागीले दिईएको 'मिसरा-ए-सानी'कै आधारमा र त्यो मिसरालाई गजलमा समावेश गरी गजल लेख्नु पर्नेछ । अन्यथा मुसायरामा समावेश गराइने छैन ।
(ख) एक भन्दा बढी गजल पोस्ट गर्न पाइने छैन । गरेमा सबै अमान्य हुँनेछ ।
(ग) गजल तोकिएको अवधिभित्र नै फेसबुकमा वा ब्लगमा पोस्ट गर्नु पर्नेछ । म्याद सकेपछी आएको गजललाई छनौटमा सहभागी गराइने छैन ।
(घ) अगाडि अरुले पोस्ट गरेको गजलको हुबहु नक्कल गरेको गजल मान्य हुँनेछैन ।
(ङ) गजल अनिवार्य पाँच शेरको हुनुपर्ने छ ।
(छ) गजलको संरचनामा मिलेको हुनु पर्नेछ ।
(ज) गजलमा अस्लील वा सामाजिक सद्भावमा असर पुग्ने शब्द प्रयोग गर्न पाइने छैन .
(झ) आफ्नै संस्क्रिती,परम्परा,जीवनशैली,भेषभुषा आदी झल्काइएको/समेटिएको गजललाई प्राथमिकता दिईनेछ ।
(ञ) तरही मुसायरामा प्रकासित गजललाई अन्य ठाउँमा प्रकाशन वा प्रसारण गर्नु परेमा स्रोत ,सन्दर्भ वा मुख्य सर्जकको नाम उल्लेख गर्नु अनिवार्य छ ।
(ट) तल दिएको मिसरा-ए-सानी लाई गजलको मतलामा नभै अन्य कुनै शेरमा समावेश गर्नु पर्ने छ  ।
(ठ) अब देखी 'घायलको तरही मुसायरा'फेसबुक र ब्लग दुवैमा संचालन हुँने भएकोले दुबैमा पोस्ट गरेको गजललाई मान्यता दिईनेछ ।

-लिट्रेचर अफ नेपाली बाट..