गजल। जेठा दाइ

एकान्तमा हास्छु कहिले, रुन्छु कहिले एकान्तमा !
तीता-मीठा सप्ना मनमा, बुन्छु कहिले एकान्तमा !

 जे भने नि, कसैको नि, सुन्दीन थे बोली मैले,
आजभोली आफ्नै आवाज, सुन्छु कहिले एकान्तमा !

जाने ले त छोड़ी गयो, एकै पलमा पराई बनाई,
उसका प्रितका हिसाबहरु, गुन्छु कहिले एकान्तमा !

जेठ-असारको तातो घाममा, मुटु कांप्छ कतित संझे,
कठ्यांग्रीदै आँशु ले मन, धुन्छु कहिले एकान्तमा !

चरा का चिर-बीर अनि, भवंरा का गुन-गुन हुन्छन,
किन हो तर एक्लै जस्तो, हुन्छु कहिले एकान्तमा !

एकान्तमा हास्छु कहिले, रुन्छु कहिले एकान्तमा !
तीता-मीठा सप्ना मनमा, बुन्छु कहिले एकान्तमा !