गजल
कुमार बुढाथोकी "आयुष" |
रात ढल्दा प्रभातको लाली मुस्कुरायो
सयौं थरी फूल फूल्दा बाग ढकमक्क
त्यो देखेर दङ्ग पर्दै माली मुस्कुरायो
बर्षौ पछी परदेशी आफ्नो घर आउँदा
रंग फ़ेर्दै बाझो खेतको आली मुस्कुरायो
हरियाली उजाड थियो खडेरीले गर्दा
बर्षातको आगमनमा डाली मुस्कुरायो
अलि अलि कमाएको लुट्ने दाउले होला
ऊ हेर त ! फटाहा र जाली मुस्कुरायो।।