सन्जेाकककेा यात्रारुपी भेट
संजोकको भेट हाम्रो पिरतीमा सातौं
अन्तरमनको भावनालाई सम्मान मनले हेरौं
सैतानी र दुश्मनलाई परित्याग गरौँ।
दुइ दिनको चोला हाम्रो मरे के नै लानु छ र ?
दु:ख सुख चक्र हाम्रो मिठो मिलनसार।
पिडा व्यथा आफ्नै गति रम्ने कर्म गर
अति गरे खति होला अपार सोची हेर।
इमानी र बेइमानीको बिचमा आत्मरती
भड्कालो नै फरक फरक देख्छु कती कती।
संजोकको मिलन हाम्रो छोटो भेटघाट
बुझ्ने कोसिस गरे राम्रो भित्रि आत्माबाट।
-दमौली, तनहुँ
हाल: युएई, दुबई